२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा !

२०७४, ८ चैत्र बिहीबार ०१:२२

चैत ८, काठमाडौं | गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे। त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए ।

तर केही दिनअघि मात्रै गृहसँग सामान्य मौखिक सहमति पनि नलिई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका ३२ अध्यागमन अधिकृतबारे केही बोलेनन्।

एक सय २९ अधिकृत दरबन्दी रहेको विमानस्थल अध्यागमनमा १ सय ४ अधिकृत कार्यरत छन्। चैत २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पदभार ग्रहण गर्ने अघिल्लो दिन हठात गरिएको अधिकृतहरूको सरुवापछि अब अध्यागमन ७२ अधिकृतको भरमा चल्नुपर्ने भएको छ। स्रोतका अनुसार गृहसँग सामान्य सहमति लिने परम्परालाई लत्याउँदै मन्त्रीले पदभार गर्ने अघिल्लो दिन हतार–हतारमा गरिएको सरुवाले केही प्रश्नहरू उब्जाइदिएको छ।


स्रोतका अनुसार अध्यागमनका केही अधिकृतहरूले मानव तस्करसँग मिलेर ‘सेटिङ’मा मान्छे पठाउने गरेको भन्दै अध्यागमन विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला एक्कासि ठूलो संख्यामा अधिकृतको सरुवा भएको हो। अख्तियारका एक उच्च अधिकारीले विमानस्थलभित्रका केही अध्यागमन अधिकारी, प्रहरी र अन्य कर्मचारीको गतिविधि शंकास्पद देखिएको र ‘सेटिङ’मा अवैध धन्दा भइरहेको भन्दै प्रारम्भिक अनुसन्धान थालिएको बताए।

स्रोतका अनुसार अख्तियार र विभागबाट भइरहेको अनुसन्धानलाई विषयान्तर गर्नकै निम्ति ‘सेटिङ’ मा अधिकृतहरूको एक्कासि सरुवा भएको हो। कतिसम्म भने सामान्यतया सरुवाको सूची मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिने परम्परालाई लत्याउँदै सरुवाको सूची बुधबार साँझसम्म बेबसाइटमा राखिएको छैन। अध्यागमनकै एक अधिकृतले सरुवाको पछिल्लो कदमका पछाडि विमानस्थल अध्यागमनकै केही अधिकृतको दौडधुपले काम गरेको देखिने बताए। तर अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले अधिकृतहरूको सरुवालाई नियमित सरुवाका रूपमा अथ्र्याउँछन्। उनले सरुवाको निर्णयबाट विमानस्थल अध्यागमनमा भइरहेको गलत काममाथिको अनुसन्धान नरोकिने बताउँदै भने, ‘सरुवा र अनुसन्धानबीच कुनै सम्बन्ध छैन।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कर्मचारीको सरुवा सामान्य प्रशासनकै क्षेत्राधिकारभित्र पर्ने र गृहसँग अनुमति लिनुपर्ने व्यवस्था नरहेको बताए। तर उनले यसअघि गृह मातहतका कर्मचारी सरुवामा सामान्य सोधपुछसम्म गर्ने चलन रहेको उल्लेख गरे। स्रोतका अनुसार पछिल्लो सरुवाका बारेमा गृहकै उच्च अधिकारी पनि जानकार थिएनन्।

तीन सिफ्टमा चल्ने विमानस्थल अध्यागमनले विमानस्थल हुँदै विदेश जाने औसतमा दैनिक ५ देखि ६ हजार यात्रुलाई सेवा दिँदै आएको छ। दरबन्दीभन्दा कम संख्यामा रहेको अधिकृतका भरमा चलिरहेको अध्यागमनको सेवा ठूलो संख्यामा गरिएको पछिल्लो सरुवाले प्रभावित हुन सक्ने सम्भावना देखिन्छ। अध्यागमनकै एक अधिकृतले भने, ‘कर्मचारी अभावमा अहिले पनि अध्यागमन डेस्कमा कर्मचारी पुग्दैनन्। समयमै काम नसकिँदा यात्रुको लामो लाइन हुन्छ र भीड बढछ।’ -  यो खबर जनकराज सापकोटाले आजको कान्तिपुरमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो