पढ्न करिब 1 मिनेट लाग्छ

चैत ११, काठमाडौँ | विधान मस्यौदा कार्यादलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामति कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्र्तगत राखेर जनसंगठन बनाउने समझदारी भएको छ ।

त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल टे«ड युनियन महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ ।

युवा संघ नेपाल र वाईसिएल एकतापछिको नाम भने के राख्ने टुंगो छैन ।

एमाले र माओवादी पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझादारी गरेका छन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छार हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यादलमा समझादारी भएको छ ।

एमालेमा २२ र माओवादीका २४ जसंगठन छन् । – आजको नयाँ पत्रिकामा यो खबर छ ।