चैत ११, काठमाडौँ | दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् ।

उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे ।

निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए ।

मन्त्रीको निर्देशविपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के भन्यो भन्ने आधारमा कर्मचारीको हाजिर रोक्न नसक्ने जानकारी दिए । – नयाँ पत्रिका

March 25, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
वैदेशिक रोजगारका कर्मचारीले मानेन् मन्त्री विष्टको निर्देशन !
By साझासवाल
2 मिनेट पढाइ