2026-09-13 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुन कम हुँदा बिहे रोकियो: जन्तीको भागाभाग, बेहुली बेहोस

चैत १२, सिरहा | लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे ।

आजको अन्नपूर्ण पोष्ट लेख्छ- सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राती ८ बजे जन्ती आइपुगे ।

हिन्दु परम्परा अनुसार विवाह गर्दा गरिने स्वम्बरलाई मुस्लिम समुदायमा ‘निकाह’ भनिन्छ । निकाह भन्दा अगाडी बेहुलीका लागि बेहुलाले ‘महर्दन’ दिने चलन छ ।

बेहुलाका लागि सुनका गहना, लत्ताकपडालगायतका सामान दिनुलाई महर्दन भनिन्छ ।

तर, महर्दनका लागि सम्झौताअनुसारको सुन वेहुला पक्षले नल्याएको कारण विवाह नै रोकियो ।

खुशीयाली छाइरहेको बेला माहोल बदलियो । जन्तीहरुबीच भागाभाग मच्चियो । केहीले खाना खाए, केहीले नखाई घर भागे ।

विवाह रोकिएपछि सम्जिला बेहोस भइन । उनलाई तत्काल लहान लगेर अस्पताल भर्ना गरियो ।

एकलाख ६० हजार रुपैंयाँ दाइजो दिएको बेहुली पक्षले महर्दनमा दुई तोला सुन दिनुपर्ने माग गरेको खुलेको छ ।

पछि डेढ तोला सुन दिने सम्झौता भएको थियो ।

तर विहे गर्न जन्ती लिएर आएका बेहुलाले दुई आना सुन मात्र ल्याएका कारण विवाद भएको स्थानीय सञ्जीव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन