Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १२ गते, बिहान ८:१८ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

साउदीमा नेपाली कामदारलाई ब्लडमनी माफी, यस्तो छ कारण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, काठमाडौं | बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरको छ ।

९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिएपछि बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो । साउदी अदालतले तोकेको ब्लडमनी नलिईकनै पीडित परिवारले

माफी दिने भएपछि सुरेश गत बुधबार सजायमुक्त भएका हुन् ।

आफुलाई साउदी अदालतले सजाय तोकेपछि सुरेशले पिडित परिवारसँग सहयोग मागेपछि इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेको थियो । फलस्वरूप सुरेशले साउदीलाई ब्लडमनी तिर्नु परेन र सजाय माफी भयो ।

सुरेशलाई सजाह मुक्त बनाउन नेपाली दूतावास समेत मण्डलका पक्षमा अदालतमा लड्दै आएको थियो । दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।

जेलबाट छुटेपछी मण्डल अहिले लेबर काम गर्दैछन् । कम्पनीसँग उनले ७ वर्षको तलब दिनुपर्छ भनेर माग गरेका छन् । कम्पनीले पनि उनको तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

- होम कार्कीले आजको कान्तिपुर दैनिकमा लेखेका छन्