Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘आरजु भाउजुको पनि हात छ भन्ने सुनियो, टिकट कति बेचियो?’

By साझासवाल 4 मिनेट पढाइ

चैत १३, काठमाडौं | कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसीले भने –

मेरो जिल्ला सोलुखुम्बुमा अहिलेसम्म कांग्रेसलाई भोट नहालेका व्यक्ति प्रदेश सभाका उम्मेदवार बनाइए । यसरी पैसाको चलखेल भएको छ । यसमा केन्द्रीय सदस्य र भाउजू (सभापतिपत्नी आरजुप्रति लक्षित गर्दै)को पनि हात छ भन्ने सुनिएको छ । पैसाको बलमा टिकट दिनु गम्भीर गल्ती हो । क–कसले कहाँबाट पैसा ल्याए ? पैसाका आधारमा कहाँकहाँ टिकट दिइयो ? हिसाबकिताब पाउनुपर्यो‍ । छानविन आयोग गठन गरेर स्थानीय तहदेखि केन्द्रसम्मको टिकटबारे स्पष्ट पार्नुपर्छ ।

शिवजीको गलामा साप बसेजस्तै अहिले सभापतिको गलामा पनि साँपहरू बसेका छन् । गरुडलाई देखेपछि यसरी बसेको साँप कता पुग्छन् कता । सभापतिको वरिपरी भएका सापहरू पनि यस्तै हुन् ।यस्तै कारण तपाई सभापति पनि सिध्निुहुन्छ ।

तपाईं (सभापति) प्राविधिक रूपमा मात्र चुनाव जितेको हो । प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन सक्नुभएन । प्रधानमन्त्रीको सारा शक्ति प्रयोग गर्दा आफ्नै प्रदेशसभा र श्रीमतीलाई पनि चुनाव जिताउन सक्नुभएन । यसकारण तपाईंले व्यक्तिगत रूपमा मात्र निर्वाचन जित्नुभएको हो । अब सबै हारको दोष सभापतिले लिनुपर्छ । विधान विपरीत भएका संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्नुपर्छ । महासमिति बैठक बोलाएर सबै कुराको छिनोफोनो गर्नुपर्छ ।

बैठकमा  रमेश लेखक,  गोविन्द भट्टराई,  आनन्द ढुंगाना, डा.डिला संग्रौला र   जीवन परियारले पनि आफ्नो धारणा राखेको खबर नयाँ पत्रिकामा छापिएको छ |