२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षद्वारा जेठाजु-बुहारीलाई वडा कार्यालयमै यातना

२०७४, १४ चैत्र बुधबार ०१:५४

चैत १४, महोत्तरी | अवैध यौन सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका  छन्। सोनमा गाउँपालिका—७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइबुहारी पर्ने ४५ वर्षीया सैरुल खातुनलाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए। हातखुट्टा बाँधेर कार्यालयको बैठक कोठामा बन्द गरी कुटपिट गरिएको स्थानीयको भनाइ छ। 

यो घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले खैलाबैला मच्चिएको छ। अवैद्य सम्बन्धका विषयमा वडा कार्यालयमा पञ्चायती (छलफल) गर्ने क्रममा कुटपिट गरिएको हो। कोठामा इसराफिललाई लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो। गन्जी र पाइन्ट लगाएका युवक अमृत रायले उनलाई लट्ठीले कुटपिट गरे। लट्ठीको चोट सहन नसकी उनले आफूलाई जोगाउन गुहार मागिरहँदा पनि कसैले बचाउ गरेन। कोठामा कुर्सीमा बसेका पाँचसातजना स्थानीय रमिते बनेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। पञ्चायतमा वडाध्यक्ष यादवले सैरुललाई आफैले समेत कुटपिट गरेका थिए।


पीडितले अवैध सम्बन्ध राखेको प्रमाण देखाए र पुष्टि भए समाजले जस्तोसुकै दण्डजरिवाना गरे पनि मान्ने बताएका थिए। गल्ती नगरी यातना दिनेलाई कारबाही गर्नुपर्ने उनीहरूले माग गरे। ससुरा एैलुन र देवर जिलानी मिलेर सैरुललाई इसराफिलसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा कार्यालयमा पञ्चायत बोलाउन लगाएका थिए। कुटपिट भएको केही समयभित्रै प्रहरी चौकी मगरथानाबाट प्रहरी टोली वडा कार्यालयमा पुगेको थियो। तर, पञ्चले केही नभएको बताएपछि प्रहरी टोली फर्किएको थियो। मगरथाना प्रहरी चौकीका इन्चार्ज मनोज पासवानले घटनाबारे जानकारी नभएको बताए।

सोनमा गाउँपालिका प्रमुख राजकुमार यादवले उनीहरूबीच अनैतिक सम्बन्ध रहेको आशंकामा गाउँलेले यसअघि पनि सम्झाइबुझाइ गरेको तर सम्बन्धमा रोक नलागेकाले कुटपिट गरिएको हुन सक्ने बताए। घटना दस दिनअघिकै भए पनि सामाजिक सञ्जालमा दृश्य सार्वजनिक भएपछिमात्र आफूले थाहा पाएको उनको भनाइ छ। केही दिनअघि इसराफिल राति १२ बजे उखुको चलान लिने बहानामा महिलाको घरभित्र पसेपछि नियन्त्रणमा लिइएको सूचना आएको उनले बताए। पञ्चायतमा अवैध सम्बन्धको आरोप लागेका दुवैलाई अबउप्रान्त यस्तो घटना भए ५० हजार जरिवाना तिराउने लिखित निर्णय पनि भएको थियो तर दुवैले अनैतिक सम्बन्ध बनाउन नछाडेकाले वडाध्यक्ष महेशसहितका व्यक्तिले कुटपिट गरेको हुन सक्ने गाउँपालिका प्रमुख यादवले बताए। – यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो