Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १८ गते, बिहान ७:१५ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

नेपाली किशोरीहरु भारतका वेश्यालयमा ५० हजारसम्ममा बेचिन्छन्

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, नयाँदिल्ली | भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।

सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो ।

एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो । तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।

भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ । एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ । कतिपय अवस्थामा उनीहरूको शरीरका विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ ।

नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्किरीको मुख्य निसानामा छन् । यही तथ्यांकलाई उद्धृत गर्दै एसएसबीले पहाडी क्षेत्र तथा दलित समुदायका महिला तथा बालबालिकाहरू मानव तस्करीको ठूलो जोखिममा परेको जनाएको छ । कथित माथिल्लो जातिमा पर्ने महिला तथा बालबालिकासमेत तस्करीमा पर्ने गरेको जानकारी एसएसबीले दिएको छ ।

दलालहरूले ९ देखि १६ वर्षसम्मका किशोरीलाई सीमा क्षेत्रका सहरहरूमा पुर्‍याउने र बसमा राखेर भारत पुर्‍याउने गर्छन् । किशोरीहरूलाई वेश्यालयसम्म पुर्‍याउन सीमाआसपास बस्ने व्यावसायिक दलालहरू सक्रिय हुन्छन् । उनीहरूले यो कामबापत भारु ६ हजारसम्म लिन्छन् । दिदी भनेर चिनिने महिला तस्करका अलावा आफ्नै परिवारका सदस्यहरूले समेत भूमिका खेल्ने गरेको एसएसबीले जनाएको छ । प्रहरीले सीमामा रोकेर सोधपुछ गर्दा आफ्नो वास्तविक उमेर लुकाउन किशोरीहरूलाई दलालले सिकाएका हुन्छन् । – आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।