२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी एकताको गाँठो कहाँ अड्कियो ?

२०७४, १९ चैत्र सोमबार ०३:०७

चैत १९, काठमाडौं – एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिएको छ । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छापिएको छ ।

दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी दुई अध्यक्षात्मक प्रणालीको अन्तरिम विधान तयार भए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन। एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ। तर त्यसअनुसार केन्द्रीय समितिदेखि स्थायी समितिसम्म दुई पक्षका नेताहरूको व्यवस्थापन मिलाउन दुवै पार्टी अध्यक्षसामु चुनौती देखिएको छ।

‘चुनौती छन् तर पनि नेतृत्वले नेताहरूको कार्यक्षमता र दोहोरो जिम्मेवारीबाट मुक्त गर्ने विधिलगायत मापदण्डका आधारमा व्यवस्थापनको नीति बनाउनुहुन्छ होला,’ माओवादी नेता नारायण शर्माले अन्नपूर्णसँग भने। दुई पार्टीबीच कार्यदलले प्रस्तावित गरेको केन्द्रीय समितिमा प्रतिनिधित्व कसरी गराउने भन्नेमै दुईथरी मत देखिएको छ।

एमालेले आफ्नो अहिले रहेका केन्द्र्रीय सदस्यलाई कायम राखी बाँकीमा माओवादीबाट थप गरेर जाने प्रस्ताव गरेको छ। तर, माओवादीले सम्मानजनक एकता बराबरीका आधारमा हुनुपर्ने तर्क अगाडि सारेको छ। एमालेको २०६ केन्द्रीय सदस्यमा पार्टी छोडेका, प्रदेश सभामुख बनेकालगायत नेतालाई अलग्याउँदा पनि अहिले दुई सयको केन्द्रीय समिति छ। उसले त्यसैमा माओवादीका ९९ जना नेतालाई समेटेर एकीकृत समिति बनाउने प्रस्ताव राखेको छ।

माओवादीले भने त्यस्तो आधारमा भागबन्डा नहुने बताएको छ। ‘पार्टी एकता सम्मानजनक रूपमा बराबरीमा आधारित भएर हुन्छ न कि प्रतिशतका आधारमा’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यस विषयमा अब सचिवालय बैठकले निर्णय लिन्छ।’

जटिलता आ-आफ्नै

स्थायी र पोलिट्ब्युरोमा समेट्नुपर्ने नेताको व्यवस्थापन गर्न दुवै पार्टीका अध्यक्षलाई सकस पर्ने देखिएको छ। सबैभन्दा बढी स्थायी समितिमा कुन–कुन नेतालाई कसरी कुन विधिका आधारमा समेट्ने भन्नेमा सकस पर्ने देखिन्छ। एमालेको अहिले नै स्थायी समितिमा २२ नेता छन्। स्थायी समितिसरह नै थप तीन नेता आयोग अध्यक्ष छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु