२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा भेटिन्छ चिनियाँ र भारतीय रेल

२०७४, २५ चैत्र आईतवार ०२:२१

चैत २४, काठमाडौं | पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ। काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ। 

सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए। चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ। उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ। यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेटे हुनेछन्।


चीनबाट भारत पुग्न दुई सय ३० किलोमिटर रेल यात्रा गर्नु पर्नेछ। यो मुस्किलले एक घन्टाको दूरी हो। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार रक्सौल–काठमाडौं रेलमार्गले जोड्ने सहमति भएको छ। नेपाल–भारतको सिमा क्षेत्र रक्सौलसम्म अहिले भारतीय रेल सञ्चालन भइरहेको छ। रक्सौल–काठमाडौंं रेलमार्ग निर्माणका हिसाबले पनि सहज मानिन्छ। एक सय ३० किलोमिटर मा दूरी रहेको यो मार्गमा विद्युतीय रेल कुद्नेछ। यो रेलको निर्माण भारत सरकारले आफ्नै खर्चमा गर्ने सहमतिमा उल्लेख छ।

रेल लाइन विस्तार गर्ने सम्बन्धमा दुई देशबीच चार बुँदे सम्झौता भएको छ। सम्झौताको पहिलो बुँदामै भारतको आर्थिक सहयोगमा यो विद्युतीय रेलमार्ग बनाइने उल्लेख छ। रक्सौलबाट काठमाडौं जोड्ने यो रेलमार्गको आगामी एक वर्षभित्रै नेपाल सरकारसँगको परामर्शमा सर्वेक्षण हुनेछ। निर्माण मोडालिटी भने विस्तृत परियोजना प्रतिवेदनका आधारमा गर्ने सहमति भएको छ। त्यसको कार्यान्वयन तथा बजेट तय नेपाल सरकारसँगको समन्वयमा हुने उल्लेख छ।

नेपाल–भारत सिमा जोड्ने गरी बनाउन थालिएको रेललाइन परियोजनामा पहिलो चरणमा भएको कामको प्रशंसा भएको छ। भारत सरकारकै सहयोगमा निर्माण भइरहको जयनगर–जनकपुर–कुर्था रेलमार्ग निर्माण भइरहेको छ। यो रेलमार्ग सन् २०१८ भित्रै सञ्चालनमा आउनेछ। भारतको सहयोगमा बनेको यो मार्गमा सञ्चालनको आवश्यक रेल समेत भारतले दिनेछ।

जयनगर–जनकपुर–कुर्था र जोगबनीबाट विराटनगरसम्म सन् २०१८ भित्रै कस्टम यार्ड निर्माण गर्ने पनि उल्लेख छ। जयनगर–बिजलपुरा–बर्दिवास र जोगबनी–विराटनगरको सिमा रेलमार्गलाई पनि प्राथमकिताका साथ अगाडि बढाइने उल्लेख छ। यो क्षेत्रमा नेपालले जग्गा अधिग्रहणको काम छिटो टुंग्याउने प्रतिबद्धता जनाएको छ।

रेलमार्ग सञ्चालन गर्न नेपाल र भारतबीचको संयुक्त कार्यदलको समूहको बैठक नियमित भइरहेकामा दुई प्रधानमन्त्रीले प्रशंसा व्यक्त गरेका छन्। यसमा सिमा रेल मार्ग लाइनबारे आवश्यक मोडालिटी तय गरेर अगाडि बढ्ने उल्लेख छ। – आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ