२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मायादेवी मन्दिरमा ताइवानीका ‘अस्तु’ गाडेको रहस्य खुल्यो, १८ जनाको मिलिमतो

२०७४, २९ चैत्र बिहीबार ०३:०८

चैत २९, लुम्बिनी | ताइवानी नागरिकले मायादेवी मन्दिर परिसरमा मानव अस्तु गाडेको रहस्य खुलेको छ। चैत १२ गते ताइवानी नागरिक पर्यटकका रूपमा लुम्बिनी प्रवेश गरेपछि आफूसँगै लिएर आएको कपालको चुल्ठो, दाँत, हातको बाला, नङ मायादेवी मन्दिर परिसरमा गाडेको खुल्न आएको हो ।

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा लुम्बिनी विकास कोष र युनेस्को अनुमतिबिना कुनै उत्खनन तथा अन्वेषण गर्न पाइँदैन तर ताइवानी नागरिकले लुम्बिनी विकास कोषका कर्मचारी, सुरक्षाकर्मीको मिलेमतोमा सामान गाडेको भन्दै कोषले छानबिन अघि बढाएको छ ।

चैत १२ गते ४० जनाको समूहमा ताइवानी पर्यटकको लुम्बिनीका सुरक्षालाई चुनौती दिँदै कोषका कर्मचारी र सुरक्षाकर्मीको आर्थिक मिलेमतोमा मायादेवी मन्दिरको परिसरमा मानव वस्तु गाडेका थिए । छानबिन समितिको प्रतिवेदनका अनुसार ड्युटीमा रहेकाहरूले प्रतिव्यक्ति एक हजारका दरले रकम लिएर मायादेवी परिसरमै ताइवानी पर्यटक समूहका ती सामान गाड्न अनुमति दिइएको छ ।


घटनामा कोषका वनस्पति अधिकृत सब्बिर अहमद खान, सुरक्षागार्ड कमान्डर धन्नाराम श्रेष्ठ, सोयब मुसलमान, सहित दंगा, सशस्त्र, पर्यटन र ग्रुप फोरका सुरक्षाकर्मीसहित १८ जनाको संलग्नता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीको मायादेवी मन्दिरमा प्रवेश गर्ने क्रममा सर्वसाधारणको झोला खानतलासी गरिन्छ। मन्दिर परिसरमा जुत्ता–चप्पल निषेध छ। परिसरमा रहेका बोटबिरुवा, फूल कुनै पनि वस्तु जथाभावी छुन, च्यात्न, जमिन खन्न पनि निषेध छ। महत्वपूर्ण स्थल उत्खनन वा निर्माण गर्नुपरे युनेस्को र लुम्बिनी विकास कोषको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छ। तर, यी सबै मापदण्डलाई बेवास्ता गर्दै कोषका कर्मचारी र सुरक्षाकर्मीले ताइवानी पर्यटकको समूहलाई मायादेवी मन्दिर परिसरमै मानव वस्तु गाड्न अनुमति दिएका थिए।

सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारी आर्थिक प्रलोभनमा पर्दा लुम्बिनीको सुरक्षामा चुनौती देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। सुरक्षाकर्मी र कोष कर्मचारीलाई खरिद गरी मानव अंगसहितका वस्तु गाड्न सक्ने हुँदा भविष्यमा कसैले कुनै घटना पनि घटाउन सक्ने सम्भावना बढेको स्थानीयको आरोप छ।

- तस्विर: अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो