२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ महिना लाग्ने गरेको स्मार्ट लाइसेन्स अब एक सातामै !

२०७४, २९ चैत्र बिहीबार ०३:१५

चैत २९, काठमाडौं | यातायात व्यवस्था विभागले एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ । 

‘देशभरको जुनसकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं’, विभागका निर्देशक एवम् सूचना अधिकारी तुलसीराम अर्यालले भने– ‘राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ।’

तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे। सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेको ७ महिना हुनलाग्दा पनि लाइसेन्स पाउन सकेका छैनन्। कार्डका लागि समयमै टेन्डर नहुँदा लाइसेन्स वितरणमा विलम्ब भएको हो। गत असोजमा ट्रायल पास गरेका सेवाग्राहीले अहिलेसम्म लाइसेन्स पाएका छैनन्। असोजयता मात्र साढे ५ लाख स्मार्ट कार्ड प्रिन्ट हुन सकेको छैन।

सेवाग्राहीहरू स्मार्ट लाइसेन्स लिनका लागि दिनहुँ यातायात व्यवस्था विभाग धाउने गरेका छन्। विभागले सहजरूपमा स्मार्ट कार्ड वितरण गर्नका लागि बिहान सात बजेदेखि बेलुका सात बजेसम्म दुई सिफ्टमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्न लागिएको जनाएको छ।

सूचना अधिकारी अर्यालले लाइसेन्स वितरणमा ढिलाइ हुनुमा विभाग नै जिम्मेवार रहेको स्वीकार्दै गत वर्ष टेन्डर नहुँदा समस्या आएको बताए। स्मार्ट लाइसेन्स दिन अर्थ मन्त्रालयसँग बजेट स्वीकृति लिइसकिएकाले कार्ड टेन्डरमा आर्थिक समस्या नहुने उनको भनाइ थियो।

‘साढे ७ लाखमध्ये साढे ३ लाख कार्ड आइसकेका छन्, साढे ३ लाख कार्ड छाप्नका लागि ४ वटा प्रिन्टर एक महिनाभित्र आउँदैछन्’, अर्यालले भने– ‘अब देशभरका कार्ड छाप्न ९ वटा प्रिन्टर चलाउँछौ।’

अहिले दैनिक १२ सय कार्ड मात्र छापिँदै आएको र त्यसमा बढाएर अब दैनिक ३ हजार बनाइने उनले जानकारी दिए। ९ वटा प्रिन्टर दैनिकरूपमा सञ्चालन गरेको अवस्थामा अझै २ महिनामा साढे २ लाख कार्ड छापिने र त्यसपछि सहजरूपमा वितरण गर्न सकिने गृहकार्य विभागले गरेको छ। २०७२ मंसिरबाट स्मार्ट कार्ड वितरण प्रक्रिया शुरू भएको थियो। सूचना अधिकारी अर्यालका अनुसार २०७२ मंसिरबाट हालसम्म ३ लाख ५० हजार स्मार्ट कार्ड वितरण भइसकेका छन्।

विभागले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स लागू गरेपछि दिन प्रतिदिन माग बढ्दै गएको छ। कागजी लाइसेन्स हुनेहरूले समेत स्मार्ट कार्डका लागि निवेदन दिएका छन्। विभागले गतअसोजमा एकै पटक ७ लाख ५० हजार कार्डका लागि भद्रास प्रिन्टसँग सम्झौता गरेको थियो। अहिले दैनिक झण्डै ४ हजार कार्डको माग छ। देशभर हाल २८ लाख सवारीसाधन रहेको विभागसँग तथ्यांक छ। – नेपाल समाचार पत्रबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट