१२ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन प्रकरणः चौधरी र बनले किन गरे आत्महत्या ?

१ बैशाख २०७५, शनिबार ०२:०८

वैशाख १, काठमाडौं | तस्करीको साढे ३३ किलो सुन काण्डमा तीन जनाको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् ।

तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रमलाल चौधरीले शुक्रबार आत्महत्या गरे । 

प्रहरीले चौधरीसहित सोही एयरलाइन्सका हेड लोडर राजन थापालाई गत बुधबार पक्राउ गरेको थियो । प्रहरीले मोबाइल नियन्त्रणमा लिएपछि उनमा चिन्ता बढ्दै गयो । सँगै पक्राउ परेका थापासँग उनले ‘अब जेल जाने भइयो’ भन्दै चिन्ता व्यक्त गर्थे । हिरासतमा राखिएको तीन दिनमै उनले ट्वाइलेटको ढोकाको कब्जामा सुरुवालको पासो बनाएर आत्महत्या गरे ।

प्रहरीका अनुसार अर्का आरोपी सानु बन पनि सुरुमा निर्धक्क नै थिए । जब उनको मोबाइल नियन्त्रणमा लिएर भाइबर र फेसबुक अकाउन्ट हेरियो, त्यसपछि हतास बने ।

प्रहरी उच्च स्रोतका अनुसार उनले हिरासत कक्षमै आत्महत्या गरेका हुन् । चौधरीसँगै पक्राउ परेका थापालाई भने थप अनुसन्धानका लागि शुक्रबारै मोरङस्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ । – आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले औपचारिक रुपमा भन्यो: कुलमान हटाइए, हितेन्द्र शाक्य नियुक्त सरकारले कुलमानलाई हटाएर ‘कायरताभित्रको दम्भ’देखायो: रास्वपा इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा कुलमानका पक्षमा प्रदर्शन, सिंहदरबार गेटमा युवा पक्राउ कुलमानमाथि लक्षित गर्दै ओलीको प्रश्न: नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो ? बालेनलाई युवा संघको चेतावनी, समाजलाई भड्काउने काम नगर प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएको भन्दै भरतपुर विद्युतका हाकिम माथि आक्रमण पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन सिरहामा खोला किनारमा भेटियो बोराभित्र शव झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी प्रमाण देखाउँदै बालेनले भने– गलत भए मलाई जेल हाल १०० रुपैयाँ फिर्ता नदिँदा ओमप्रकाशको हत्या, आरोपी पक्राउ कोइला बोकेको ट्रक त्रिशुलीमा खस्दा चालकको मृत्यु   आजको मौसम: बिभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कुलमान हटाएको विरोधमा रवि लामिछानेले गरे मैन बत्तीबालेर मौन बिरोध माओवादी अध्यक्ष प्रचण्डले भने ‘यो खबर असत्य सावित होस्’ अन्तत: कुलमानलाई सरकारले हटाई छाड्यो, हितेन्द्रदेव साक्य नियुक्त