Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०५ गते, बिहान ७:३३ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

२०८३ वैशाख १ गतेबाट ७ कक्षा भन्दा कम पढ्नेले कुनैपनि सरकारी अवसर नपाउने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ५, काठमाडौँ | अबको नौ बर्षपछि आधारभुत शिक्षा प्राप्त नगरेका व्यक्तिले सरकारबाट प्रदान गर्ने कुनै पनि अवसरमा सहभागी हुन नपाउने भएका छन् ।

सरकारले तयार गरेको शिक्षाको अधिकारसम्बन्धी ऐनको मस्योदामा कुनै पनि कम्पनी, फर्म, सहकारी संस्था वा गैरसरकारी संस्थाको स्थापन गर्न वा त्यस्तो कम्पनी फर्म वा संस्थाको संस्थापक शेयरधनी सञ्चालक वा सदस्य वा कुनै पनि पदाधिकारी हुन नपाउने व्यवस्था गरेको छ ।

२०८३ साल वैशाख १ गतेबाट लागु हुने यो व्यवस्थाअनुसार सबै नागरिकले अनिवार्य रुपमा आधारभुत शिक्षा लिनैपर्ने व्यवस्था गरिएको छ ।

ऐनको मस्योदामा नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको कुनै पनि सरकारी सेवामा वा नेपाल सरकार, प्रदेश र स्थानीय तहको पुर्ण वा आंशिक स्वामित्व, अनुदान वा नियन्त्रणमा रहेको कुनै पनि संस्थाको सेवामा प्रवेश गर्न, कुनै सरकारी, गैरसकारी वा निजी क्षेत्रमा स्थापित कुनै पन संस्थामा कुनै पनि पदमा निर्वाचित, नियुक्ति, मनोनयन हुन वा कुनै रोजगारी प्राप्त गर्न नपाईने व्यवस्था गरेको छ । – नेपाल समाचारपत्रबाट