Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०५ गते, बिहान ७:३८ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

नेपालमा कहिलेदेखि आउँछ पाइपलाइनबाट तेल ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ५, काठमाडौं - बहुप्रतिक्षित मोतिहारी–रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने कार्य सुरु भएको छ ।

मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कार्यको शिलन्यास गरे ।

गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।

जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो ।

आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कामको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले प्रशंसा गरे ।

नेपाल आयल निगमको सिमारास्थित पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयका आयोजना विज्ञ शरदकुमार पौडेलले पाइपलाइन  विस्तार कार्य आगामी १५ महिनाभित्र सक्ने लक्ष्य रहेको जानकारी दिए ।