२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटक भिसामा नेपाल आएका विदेशीहरु व्यापार गर्दै

२०७५, ५ बैशाख बुधबार ०२:१८

वैशाख ५, काठमाडौं | पर्यटक प्रवेशाज्ञा (टुरिस्ट भिसा) मा नेपाल आएका विदेशीहरूले पोखरा, ललितपुरको पाटन, काठमाडौंको ठमेल, नगरकोट, वसन्तपुर र पशुपतिनाथ क्षेत्रमा लुकीछिपी खुद्रा व्यापार÷व्यवसाय गर्दै आएको पाइएको छ। व्यापार गर्ने विदेशी पर्यटकमध्ये चिनियाँ धेरै छन्। 

पशुपतिनाथ मन्दिर क्षेत्रभित्र समेत चिनियाँहरूले टेबल कुर्सी राखेर खुद्रा पसल चलाउँदै आएका छन्। ती चिनियाँ पर्यटकले गौशालाबाट पशुपतिनाथ मन्दिर छिर्ने मुख्य प्रवेशद्वारभित्र बाटामा नै टेबल कुर्सी राखेर नक्कली गरगरहना बेच्दै आए पनि न त पर्यटक प्रहरीको आँखा परेको छ न पशुपति क्षेत्र विकास कोषको। पशुपति क्षेत्रमा गत शनिबार बाटामा निर्धक्क व्यापार गरिरहेका केही चिनियाँ भेटिए। उनीहरूले व्यापार गरिरहेको ठाउँबाट करिब सय मिटरमा गौशाला प्रहरी वृत्त छ। पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मीसमेत चौबिसै घण्टा अवैध र गैरकानुनी गतिविधि नियन्त्रण गर्न गस्ती गरिरहे पनि चिनियाँ व्यापारीलाई देख्दैनन्। उनीहरूबारे सामान्य सोधखोज समेत गरेनन्।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले पशुपति क्षेत्रमा पसल राख्ने केही विदेशी केही साताअघि हटाएको दाबी गरे। उनले भने, ‘त्यस्ता विदेशीमाथि निगरानी बढाएका छौं। देख्नासाथ पक्रन निर्देशन दिएका छौं।’ केही समयअघि ललिपुरको पाटनमा भिक्षुको भेषमा माला बेच्दै आएका चिनियाँलाई पर्यटक प्रहरीले पक्रेको थियो। ती चिनियाँले फेरि यस्तो नगर्ने बताएपछि छाडिएको थियो। विदेशी पर्यटक खासगरी चिनियाँहरूले पशुपति क्षेत्रमा रुद्राक्ष, नक्कली गरगहना, मोबाइल, घडीलगायत सामान बेच्दै आएका छन्।

चिनियाँहरू खुद्रा व्यापारी र भिक्षुको भेषमा देखिए पनि उनीहरूका गतिविधि शंकास्पद हुन सक्ने गृह मन्त्रालयका एक अधिकारीले आशंका व्यक्त गरे। अध्यागमन विभागले भने त्यसरी अवैध रूपमा काम गर्ने विदेशी तत्काल पक्रन निर्देशन दिएको छ। अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले त्यसरी अवैध काम गर्ने विदेशी पक्रन बारम्बार निर्देशन दिएको जानकारी दिए। उनले भने, ‘कुनै पनि विदेशी पर्यटकलाई काम गर्ने छुट छैन। उनीहरूलाई अन द स्पट पक्रन निर्देशन दिएको छु।’

पर्यटक प्रहरीले त्यस्ता अवैध व्यापार गर्ने विदेशी पर्यटक पक्रन सकेको छैन। भृकुटीभण्डपस्थित पर्यटक प्रहरी युनिट प्रमुखसमेत रहेकी प्रहरी निरीक्षक रूपा थापाले पर्यटकीय स्थलमा अवैध व्यापार गर्ने कुनै विदेशी भेटिए तत्काल पक्रने गरिएको जानकारी दिइन्। ‘पक्राउ पर्ने विदेशीलाई आइन्दा त्यस्तो कार्य नगर्ने कबुल गराइ छाडछौं’, उनले भनिन्, ‘कतिलाई अन द स्पट सम्झाउने गरेका छौं।’ पर्यटक प्रहरीका अनुसार गत महिनामा त्यस्ता व्यापार गर्ने ४ जना चिनियाँ पर्यटक पक्राउ गरिएको र अन्य दर्जनौं विदेशीलाई सचेत गराइएको छ। पोखराको लेकसाइडमा समेत साँझपख विदेशीले सडकमा घडी, पुस्तक, विभिन्न धातुका माला बेच्ने गरेका छन्। पोखरामा त्यसरी गर्नेमा अफ्रिकी र चिनियाँ छन्। – यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो