२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन काटियो – मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोन ?

२०७५, ६ बैशाख बिहीबार ०१:४६

वैशाख ६, काठमाडौँ | सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१-४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आगमन कल निषेध गरिएको सूचना सुनाइन्छ ।

टेलिफोन शुल्क बेलैमा नतिरेपछि संसद् सचिवालयको मात्र होइन, विभिन्न मन्त्रालय र संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयहरूको पनि लाइन काटिएको छ । केन्द्रीयदेखि स्थानीय तहसम्मको सरकारी कार्यालयमा अघिल्लो महिनाको शुल्क नतिरेपछि लाइन काटिएको हो । टेलिकमको नयाँ बिलिङ प्रणालीअनुसार ल्यान्ड लाइन टेलिफोनको मासिक बिल अंग्रेजी महिनाको १५ तारिखमा तयार हुने गर्छ । टेलिफोनको अघिल्लो महिनाको बिल भुक्तानी गरेर क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नुपर्ने हुन्छ ।

टेलिकमले सरकारी कार्यालयको टेलिफोन लाइन काट्नुअघि एसएमएस गरी ल्यान्ड लाइन टेलिफोनको चैत महिनाको बिल वैशाख ३ गते बेलुका तयार हुने भएकाले बिल भुक्तानी गरी क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नसमेत अनुरोध गरेको थियो ।

स्रोतका अनुसार संसद् सचिवालयका नाममा ६० लाख रुपैयाँभन्दा बढी बक्यौता छ । ‘यो पुरानो बक्यौता हो,’ सचिवालय स्रोतले भन्यो, ‘सबै टेलिफोनको लाइन बन्द भएपछि लाजैमर्दो भएको छ । सरकारसँग बक्यौता तिर्न रकम माग गरेका छौं । पैसा नतिरेसम्म यस्तै हुने भयो ।’ सचिवालयका पदाधिकारीले भने आफ्नो कार्यालयको मात्र नभई सिंहदरबारभित्रका मन्त्रालयहरूको पनि लाइन काटिएको भन्दै बचाउ गरिरहेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको कार्यकक्षमा रहेको ०१-४२००३११ नम्बरको टेलिफोन लाइनसमेत काटिएको छ । टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको टेलिफोन लाइनसमेत काटेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र पौडेलको ०१-४२११४३५, गुनासो सुन्ने अधिकारी उपसचिव गोविन्दसिंह भण्डारीको ०१-४२११८३०, सूचना अधिकारी उपसचिव संगीता ओझाको पनि टेलिफोन लाइन काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट