वैशाख ७, काठमाडौं | बिहिबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्न लागेको मालिन्दो एयरको जहाज दुर्घटनाबाट जोगिएपछी पछिल्लो ११ घण्टादेखि विमानस्थल अवरुद्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

राति १० बजेर ७ मिनेटमा धावनमार्गको उत्तरबाट दक्षिणतर्फ गएर फेरि मोडिएर उत्तरतिर जानेबेला जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो । चालक दल सहित १३९ जना यात्रुहरु रहेको उक्त जहाज चालकको सावधानीबाट दुर्घटनाबाट भने जोगिएको छ । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् ।

जहाज चिप्लिएपछि सबै उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ । रातिनै बिमान मर्मत गरेर उडाउन सक्ने बताईएपनि उक्त बिमान मर्मत गर्न वा उक्त स्थानबाट हटाउन अझै समय लाग्ने भएपछी आज मध्यान्ह १२ बजेपछी मात्र विमानस्थलको सबै अवरोध हट्ने विमानस्थल कार्यालयले जनाएको छ | अहिले अहिले उक्त विमान सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास गरिरहेका छन् ।

यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

Featured Photo: Facebook