२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर अनुगमन सुरु, १० हजार भन्दा बढी उठाउनेलाई यसरी हुँदैछ कारवाही

२०७५, ९ बैशाख आईतवार ०३:०६

वैशाख ९, काठमाडौं | वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा राहदानी संकलन गर्ने, रकम उठाउने र बढी शुल्क लिने एजेन्ट तथा म्यानपावरमाथि कारबाही गर्न अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ । 

वैदेशिक रोजगारीमा पठाउने नाममा सोझा कामदारमाथि हुने चर्को शोषण रोक्न विभागले अनुगमन संयन्त्र प्रभावकारी बनाएको हो । बिभागले राजधानीमा मात्र नभई गृह मन्त्रालयसँग समन्वय गरी स्थानीय तहसम्मै अनुगमन गर्ने जनाएको छ । बिभागले म्यानपावरको वैधानिक एजेन्ट र शाखा कार्यालयको पहिचान गर्ने भन्दै वैधानिक एजेन्ट र शाखा कार्यालयको सबै सूची देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाउदै छ । बिभागसँग भएका सूची बाहेकका सबैलाई कारवाही गरिने बिभागले जनाएको छ । 

अनुगमनलाई सहज बनाउन बिभागले म्यानपावरहरुलाई वैधानिक एजेन्ट र शाखा कार्यालयको विवरण ७ दिनभित्र विभागमा पेस गर्न म्यानपावर व्यवसायीलाई समय दिएको थियो । जुन म्याद सकिएको छ ।  

बिभागले जिल्ला तहबाट प्रमुख जिल्ला अधिकारीकै तहबाट कारबाही हुन सक्ने अवस्था मिलाउने तयारी गरेको छ । 

१० हजार लागतमा नपठाउनेलाई कारबाही 

विभागले सरकारले तोकेको लागत खर्चमा समेत नपठाउने म्यानपावरलाई कारबाही गर्नका लागि अनुगमन टोली खटाएको छ । 

‘सरकारले खाडी तथा मलेसियामा १० हजार रुपयाँ लागत खर्च तोकेको छ । म्यानपावरले बढी रकम लिएको उजुरी पर्ने बित्तिक्कै टोलीलाई अनुगमनको लागि पठाइहाल्नेछौं' महानिर्देशक आचार्यले भने ।

श्रम मन्त्रालयले समेत म्यानपावरले तोकेको लागत खर्चलाई कार्यान्वयन नगरे सरकारसँग कारबाहीका लागि विभिन्न विकल्प भएको जनाएको छ । सरकारको नीति कार्यान्वयनमा बाधा पुर्याउने म्यानपावर व्यवसायीको सम्पत्ति छानबिन गर्नका लागि सम्पत्ति सुदुढीकरण विभागको सहयोग लिने बताइएको छ । 

- होम कार्कीले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट