Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काठमाडौं उपत्यकामा याङ्ग्री र लार्केको पानी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ११, काठमाडौं | सरकारले काठमाडौं उपत्यकाको खानेपानीमा ध्यान दिँदै याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको छ । पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा आगामी असोज महिनाभित्र पानी वितरण गर्ने योजना बनाएको सरकारले मेलम्ची दोस्रो चरण निर्माणका लागि आवश्यक पक्रिया थालनी गरेको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यका भित्रयाउने महत्वकांक्षी योजना अन्तिम चरामा पुगेका बेला दैनिक थप ३४ करोड लिटर पानी आपूर्ति गर्नका लागि दोस्रो चरणको कार्य सुरु गरेको हो।

सरकारले मेलम्चीको पानी उपत्यका भित्राउन मेलम्ची खानेपानी विकास समिति गठन गरी कार्यान्यवन गरिरहेको छ। सन् २०१० बाट मेलम्ची खानेपानीआयोजनको काम सुरु गरिको हो। अघिल्लाे महिना आयोजनाले १७ किलोमिटर सुरुङको ब्रेक थ्रु गरिएको थियो।

आयोजनाका प्रवत्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दोस्रो चरणको याङ्ग्री र लार्के खोलको पानी मेलम्ची नदीमा फालेर थप ३४ करोड लिटर पानी हाल निर्माण भइरहेको सुरुङमार्फत सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याइने छ। – गोरखापत्रबाट