पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ११, काठमाडौँ | कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् ।

यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो ।

कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन ।

उनीहरुको ४ महिनादेखि ७ महिनासम्मको तलव रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ ।

कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् । – कान्तिपुरबाट