पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १२, काठमाडौँ | सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ ।

सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचर्याले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताएका छन् ।

उनले भने म्यानपावर नभएर कोही विदेश जान नपाएको भए त रोकियो भन्ने हुन्थ्यो म्यानपावर संस्थाको कमी छैन, त्यसैले अहिले वैदेशिक रोजगार क्षेत्रको पनि अन्य कुराको सुधार गर्ने कामलाई प्राथमिकतामा राखेका छौँ । – गोरखापत्रबाट