पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १२, काठमाडौं | वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।

यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो ।

राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।

जेल जीवन बिताउनेमध्ये मद्यपानका कारण ९५ जना, अवैधानिक काम र बसाइका कारण १८, भौतिक आक्रम वा सम्पत्ति नष्टको आरोपमा १८ र चोरी मुद्दामा १५ नेपालीले जेल भुक्तान गरिहेका छन् ।

यस्तै, व्यभिचारका कारण १०, हत्याको आरोपमा नौ, लागुऔषधका कारण छ र अन्य कारणहरु किर्ते, चेक बाउन्सलगायतका कारण १४ जना रहेका राजदूतावासले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। – कारोबार दैनिकबाट

- फाइल फोटो