Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुन काण्डमा गोरे-प्रहरी ‘कनेक्सन’को मोबाइल ट्रेस गर्दा प्रहरीनै चकित

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, काठमाडौं | प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो ।

मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेर सम्भव बनाएको अनुसन्धान अधिकारीहरू बताउँछन्। गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे पक्राउ गर्न धरान पुग्दा पूर्वडीआईजी गोविन्द निरौला र गोरेबीच फोनमा सम्पर्क भएको तथ्य फेला परेको छ। शाक्यको हत्यापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालीन एसपी विकास खनालसँग समेत गोरेको सम्पर्क देखिएको छ ।

अझ रोचक कुरा त गोरेको काठमाडौंस्थित डेराबाट फेला परेको डायरीमा एसएसपी श्याम खत्री, एसपी खनाल र पूर्वडीआइजी निरौलालाई पैसा दिएको हिसाब फेला परेको छ। खनाल र खत्रीलाई डेढ करोड रुपैयाँ बढी दिएको फेहरिस्त गोरेले डायरीमा उतारेको छानबिन समितिले फेला पारेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३३ किलो सुन विमानस्थलबाहिर पठाउने बेलासमेत डीआईजी निरौला गोरेसँग सम्पर्कमा देखिएको तथ्य छानबिन समितिले फेला पारेको छ। तत्कालीन समयमा एसएसपी खत्रीले समेत गोरेको तस्करी जालोलाई सघाएको तथ्य फेलापारेपछि उनी फरार छन् ।

महाशाखा टोलीले इटहरीबाट नियन्त्रणमा लिएका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेले दिएको बयान झनै रोचक छ। कार्की र काफ्लेले इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डीएसपी सञ्जय राउत र गोरेबीच सम्बन्ध धेरै राम्रो रहेको र बेलाबेलामा भेट हुने गरेको बयान दिएका छन् ।

उनीहरूकै बयान र कल डिटेलमा समेत गोरे र राउतबीच कनेक्सन भेटिएपछि छानबिन टोली राउतलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेका थिए। प्रहरी अधिकारीलाई पैसा बाँडेर सुन तस्करी गर्दै आएका गोरेले महाशाखा टोलीलाई दुई करोडको अफर गरेका थिए। उक्त अफर गरेको विषयमा तत्कालीन निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीसमेत जानकार थिए। गोरेले कुनै हतकण्डा अपनाएमा गोली हान्नेसम्मको आदेशअनुसार महाशाखा टोली धरान पुगे पनि संगठनकै उच्च अधिकारीको सूचनामा गारे भागेपछि घटनाले अर्को मोड लिएको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सईद्वय गजेन्द्र रावल र बालकृष्ण सञ्जेलसँग बयान लिइसकेको छ। रावलको कुनै भूमिका नदेखिएपछि बिहीबारै समितिले नियमित काममा खट्न निर्देशन दिइसकेको छ। महाशाखाका अधिकारीले नाटकीय ढंगबाट गोरेसँग गरेको बार्गेनिङका कल रेकर्ड समितिले सुनिसकेको छ ।

प्रहरीले गोरेकै सूचनामा समेत सुन बरामद गरेको घटना अझ रोचक छ। तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा गारेले महाशाखामै पुगेर सुन तस्करीको सूचना दिएका थिए। उनकै सूचनाका आधारमा महाशाखाले झण्डै दुई किलो सून बरामद गरेको थियो । – अन्नपूर्ण पोस्टमा समाचारबाट