२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली हवाई रुटमा भारतको नियन्त्रण

१७ बैशाख २०७५, सोमबार ०१:५२

वैशाख १७, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । 

त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ ।

पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबीच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो ।

अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध छ । नेपालबाट बाहिरिने बिन्दु भने ५ वटा छन् । चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन सकेको छैन ।

नेपालको तयारी के छ ?

जहाज प्रवेश बिन्दुको विषयमा राजनीतिक तथा प्रशासनिकस्तरबाट सहमति भए पनि प्राविधिक अध्ययनको प्रतिवेदनविना लागु हुन सक्दैन ।

द्विदेशीय हवाईमार्ग र प्रवेश बिन्दुको विषय सर्च एन्ड रेस्क्यूसँग पनि जोडिएका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस सम्बन्धमा पनि काम गरिरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सर्च र रेस्क्यूमा द्विदेशीय सम्झौता गर्दा त्यसमा थप प्रवेश बिन्दुलाई पनि समावेश गर्न सकिनेबारे काम भइरहेको मन्त्रालयको भनाइ छ ।

एक सातामा पुनः निम्ता पठाइँदै

नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः एकपटक भारतीय पक्षसँग प्रवेश मार्गका लागि छलफलमा आउन प्रस्ताव पठाउने तयारी गरिरहेको छ । ‘म आगामी साताभित्रै यस विषयमा भारतीय प्राविधिक टोलीलाई नेपाल आउन निम्ता पठाउँदै छु,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने ।

नेपालले मागेका थप चार रुट

नेपालले थप चार प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको छ । सिमराबाहेक विराटनगर, जनकपुर, नेपालगन्ज र महेन्द्रनगरबाट पनि जहाज भित्रन सक्ने गरी प्रवेश बिन्दु मागेको छ ।

दुई प्रवेश मार्गमा भारत सकारात्मक

भैरहवा तथा नेपालगन्ज आसपासको भारतीय आकाशमा भारतीय एयरफोर्सका जहाज उड्ने भएकाले व्यावसायिक उडानका जहाजलाई प्रवेश मार्ग दिन नसकिने भारतले स्पष्ट पारेको छ । विराटनगर वा जनकपुरमध्ये एक र महेन्द्रनगरका विषयमा भने छलफल गर्न ऊ सहमत छ ।

किन चाहिएको छ नेपाललाई थप प्रवेश मार्ग ?

नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । भारतीय आकाश प्रयोग गरी नेपाल आउने धेरैजसो मुलुकका जहाजलाई सिमराबाट प्रवेश गरी काठमाडौं आउँदा प्राविधिक रूपमा उपयुक्त देखिएपछि प्रारम्भबाटै यो मार्ग प्रयोगमा आएको प्राधिकरणका उच्च अधिकारीहरू बताउँछन् ।

त्यसपछि नेपाल र भारतबीचको हवाईसेवा सम्झौताबाटै यो रुट स्थापित गरियो । तर, नेपालले काठमाडौंबाहिर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको छ ।

यी विमानस्थलमा नेपालको महेन्द्रनगर या नेपालगन्ज क्षेत्रबाट आउने जहाज सिमरा पुगेर पुनः भैरहवा घुम्नुपर्दा कम्तीमा २० मिनेट बढी समय लाग्ने अनुमान प्राधिकरणको छ ।

यसबाहेक पोखरामा अझ बढी समय लाग्ने अनुमान छ । त्यसकारण यी विमानस्थल सञ्चालनमा आएपछि सेवा महँगो नपरोस् भनी थप प्रवेश बिन्दु मागिएको हो । प्राधिकरणका महानिर्देशक गौतमका अनुसार पूर्वी क्षेत्रबाट आउने जहाजका लागि भने सिमरा नै उपयुक्त प्रवेश बिन्दु हो ।

प्रदेश ५ को बैठकमा प्रधानमन्त्रीको सम्बोधन :

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरे । बराबरीका आधारमा सम्बन्ध स्थापित गरिएको उनको तर्क छ । भारत भ्रमणका क्रममा आफूले नेपाललाई एउटा मात्रै हवाई रुट उपलब्ध गराएर नहुने कुरा राखेको ओलीले बताए ।

भैरहवा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान भर्दा दिल्लीबाट सीधै भैरहवाको रुट भारतले दिनुपर्ने उनले बताए । ‘आकाशमा कन्जुस्याइँ गर्नुपर्ने कुरै आउँदैन, मैले भारत भ्रमणका क्रममा पनि भनेको छु, अरू रुट पनि दिनुपर्छ भनेर कुरा उठाएको छु,’ ओलीले प्रदेश संसद्मा भने । – आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै