2026-09-21 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे

वैशाख १९, काठमाडौं | ७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायब भएको सुनबारे पनि प्रहरी बेखबर छ । 

सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयबाट गठित सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत आजबाटै सकिँदै छ । उक्त छानबिन समिति एक महिनाका लागि भन्दै २० चैतमा गठन गरिएको थियो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले महिना दिनको अनुसन्धानपछि समितिले अध्ययन प्रतिवेदन तयार पारेको बताए । समितिकै छानबिनका आधारमा २८ जना पक्राउ परेका हुन् । तर, एकमहिने छानबिनले तस्करीको मुहान भने पहिल्याउन सकेन ।

पक्राउ परेकाविरुद्ध संगठित र ज्यान मुद्दा लगाइएको छ । सुन तस्करीसँगै भरिया सनम शाक्यको हत्यामा संलग्नता ठहर गर्दै उनीहरूविरुद्ध ज्यान मुद्दा लगाइएको हो ।

तर, छानबिन समितिले केही एयरलाइन्समा कार्यरत तल्लो तहका केही कर्मचारी तथा प्रहरीलाई मात्रै निसाना बनाएर कमजोर अनुसन्धान गरेको नेपाल प्रहरीका पूर्वएआइजी तथा विमानस्थल सुरक्षा गार्डका पूर्वप्रमुख विज्ञानराज शर्मा बताउँछन् ।

विमानस्थलबाट यसरी हुन्छ सुन तस्कारी : पूर्वएआइजी विज्ञानराज शर्मा

तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएपछि एयरलाइन्सका कर्मचारीसँग मिलेमतो गर्छन् । तेस्रो लेयरमा उनीहरूको सेटिङ प्रहरीसँग हुन्छ, सँगसँगै अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्कर प्रत्यक्ष रूपमा देखिँदैनन् ।

भन्सार र अध्यागमनका कर्मचारीमार्फत सेटिङ मिलाउँछन् । विमानस्थलमा सेटिङअनुसार मान्छे तयार भएपछि मात्रै तस्करले जहाजमार्फत सामान पठाउँछ । प्याक गरिएको लगेजको फोटो पनि खिचेर भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीलाई पठाउँछ । एयरलाइन्सका कर्मचारीमार्फत् उक्त फोटो सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करीको सामग्री पहिचान हुन्छ । लोडरले अन्य सामानसँगै यो लगेज पनि गाडीमा लोड गर्छ र भन्सार चेकजाँच कक्षमा लैजान्छ ।

भन्सारको चेक जाँच कक्षमा एक्सरे मेसिन हुन्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री सोही एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ र ग्रिन बेल्टमा पढाइन्छ । तर, तस्करले पठाएको सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखे पनि चेकजाँच गर्नेले नदेखेझैँ गरिदिन्छ । किनभने तस्करले भन्सारका कर्मचारीमार्फत् उक्त सामग्रीको फोटो पहिले नै चेक जाँच गर्ने व्यक्तिसम्म पुर्याईसकेको हुन्छ । यसरी तस्करीका सामान सजिलै ग्रिन बेल्टबाट पास गराइन्छ र केही घन्टामै कलंकी पुग्छ । रातारात विरगन्ज हुँदै भारत पुग्छ ।

साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा प्रहरीका पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका छन् । यसैगरी, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुजुङ गुरुङ, हेमन्त गौतम, सम्बिरप्रसाद तोलांगी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, तुलाराम थारू, राजन कुमार, माधव घिमिरे (मदनप्रसाद घिमिरे) छन् ।

जो अझै फरार छन्

चूडामणि उप्रेती (गोरे), उनका भाइ रमेश उप्रेती, पत्नी नर्वदा खरेल उप्रेती (निरू), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतम । – नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने