१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरलाई एप्पलले गर्यो अनुसन्धान- ‘सरकारले तोकेको १० हजार पनि लिन पाइन्न’

१९ बैशाख २०७५, बुधबार ०५:३५

वैशाख १९, काठमाडौं | एप्पल कम्पनीले भर्ना प्रक्रिया गर्दा नेपाली कामदारले अनावश्यक शुल्क बुझाउनुपरको भन्दै म्यानपावर कम्पनीमाथि नेपालै आएर अनुसन्धान गरको छ । आफ्नो कम्पनीका लागि काम गर्न मलेसिया र दुबई पुग्ने नेपाली कामदार शुल्क बुझाउन बाध्य भएकाले यसलाई अन्त्य गर्नका लागि एप्पलको मुख्यालयले उच्चस्तरको अनुसन्धान गर्न टोलीलाई नेपाल पठाएको हो ।

टोलीले म्यानपावर, एजेन्ट, अधिकारीवादी र कामदारसँग अध्ययन गरी फर्केको छ ।

एप्पल कम्पनीले कामदारसँग कुनै खालको सेवा शुल्कसमेत म्यानपावर एजेन्टले लिन पाइदैन भनेको छ । एप्पल्का अनुसार उसले म्यानपावरलाई कामदार दिएबापत पैसा दिने भएकाले म्यानपावरले कामदारसँग सेवा शुल्क लिएर दोहोरो फाइदा लिएएको जनाएको छ । ’ एप्पलले एक जना कामदार पठाएबापत एजेन्ट शुल्कसहित म्यानपावरलाई करिब तीन सय डलर दिने गरको छ ।

एप्पलले मोबाइल र ल्यापटपलगायत विद्युतीय सामग्री बनाउनका लागि मलेसिया र दुबईका कम्पनीलाई ठेक्का दिएको छ । ती कम्पनीमा झन्डै दुई हजार नेपाली कामदार कार्यरत छन् ।

एप्पलका अनुसार म्यानपावरले सरकारले तोके अनुसारको १० हजार शुल्क समेत म्यानपावरले लिन नपाउने जनाएको छ । 

एप्पलले कामदारको लोकल यातायात खर्च, होटलको लागत, बिमा, कल्याणकारी कोष लगायत सबै खर्च एकमुष्ट भुक्तानी गर्ने गरको दाबी समेत गरेको छ । 

- यो समाचार होम कार्कीले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ?