पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २०, काठमाडौं | यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ ।

वाम (नेकपा एमाले/माओवादी केन्द्र) समर्थित यातायात व्यवसायी संघले बुधबार छुट्टै कार्यक्रम गरी वार्ताका लागि सरकारसँग याचना गरेको छ ।

विभागले ल्याएको संशोधित निर्देशिका खारेज नभएसम्म वार्ता नै नगर्ने घोषणा महासंघले गरेको थियो ।

तर, महासंघको निर्णयबाट पछि हट्दै सत्तासिन दलसम्बद्ध नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन (एमाले) र गणतान्त्रिक यातायात व्यवसायी संघ (माओवादी केन्द्र) ले तत्काल वार्ता गर्न आग्रह गरेको हो । – आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।