पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २१, काठमाडौं | ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ ।

मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो ।

‘आरोपित ५ बंगालीलाई प्रहरीले हिरासतमा लिइसकेको छ,’ दूतावासकी द्वितीय सचिव रोजिना ताम्राकारले कान्तिपुरसित भनिन्, ‘उनीहरूसँगको बयान जारी छ ।’

मस्कटबाट झन्डै ४० किमिमा रहेको मावेलस्थित वारदातको निर्माणाधीन भवनमा वैशाख १४ मा २९ वर्षीया नेपाली युवतीमाथि ५ बंगालीले सामूहिक बलात्कार गरेका थिए । ती युवतीलाई चिनजानमा रहेका बंगाली नागरिक आजादले काम लगाइदिन्छु भनी लिएर गएका थिए ।

- आजको कन्तिपुरमा समाचार छ