Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पूर्वअधिराजकुमारीलाई ३५ दिने “अल्टिमेटम” !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख २५, काठमाडौँ | सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो।<br></p><p><img src="http://sajhasabal.com/uploads/posts/5e5c045b5abf8456bbbcdf403c21c2721525748089.jpg" style="width: 500px; float: left;">सिंहले सर्वोच्चमा दायर गरेको पुनरवलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक रहेको फैसला गरेको थियो। फैसला भएको एक वर्ष वितिसक्दा समेत घरजग्गा खाली नभएपछि नेपाल ट्रस्टले सिंहलाई घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेट दिएको हो।</p><p>प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर जग्गा खाली गराइदिन काटिएको पत्रमा भनिएको छ– नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मार्गस्थित नक्सा नं. ११०३–१२, कित्ता नं. २५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्ग मिटर (१५ रोपनी)को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबीसमेत पुनरवलोकन हुँदा माग दाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार उक्त पत्र काटिएको उल्लेख छ। ट्रस्टको कार्यालयले आइतबार काटेको पत्रमा पत्र प्राप्त भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्णरूपले खाली गराउन आग्रह गरेको छ। – नेपाल समाचारपत्रबाट&nbsp;</p>