पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २७, हेटौंडा | पदमपोखरीका सानाकान्छा लामाले छोरो नपाएको भन्दै पत्नी पम्फा थिङलाई कुटपिट गरे ।

५ छोरीपछि छैटौं बच्चा जन्माउने तरखरमा रहेकी पम्फाले आफू कुटिएपछि पतिविहरुद्ध जिल्ला प्रहरीको महिला सेलमा उजुरी दिइन् ।

छोरा नपाएको निहुँमा पतिपत्नीबीच घरमा दैनिक झगडा हुने गरेको थियो । आजको कान्तिपुरको पृष्ठ १७ मा यो समाचार छापिएको छ ।

उजुरीपछि प्रहरीको महिला सेलले पतिलाई झिकाउन पत्राचार गरेको छ । तर, पत्नीले उजुरी हालेको थाहा पाउनेबित्तिकै सानाकान्छा घर आएका छैनन् ।