Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुनकाण्डका अभियुक्तका यस्तो नाटक, बयान फेरियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २८, विराटनगर | काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् ।

मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

पाँच दिन लगाएर जिल्ला अदिालत मोरङको ६ म्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुत्तले बयान दिएका थिए ।

बयान फेर्नेमा प्रहरी जवानदेखि, एयरलाइन्सका कर्मचारी व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन् ।

अदालतमा आठ प्रहरीसहित अधिकांश अभियुक्तले यसअधि छानबिन समितिलाई दिएको भन्दा फर बयान दिएको सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।