पढ्न करिब 1 मिनेट लाग्छ
<p>जेठ २, काठमाडौं | सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् ।<br></p><p>सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । आजको नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।</p><p>तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।</p>

