२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव तस्करको भरोसामा अमेरिका गएकी सुमित्रा समुन्द्रमै बिलाइन्

२०७५, ६ जेष्ठ आईतवार ०१:०७

जेठ ६, काठमाडौँ | करिव ४० लाख खर्चेर अमेरिका जान मानव तस्करको पछी लागेका तीन नेपाली युवतीमध्ये एकको समुन्द्रमा जहाज हराएपछि पानी पनि खान नपाएर मृत्यु भएको छ भने दुई नेपाली युवती बल्लतल्ल बाँचेर फर्किएको समाचार छ | 

समाचार अनुसार विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन | जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाध्यानंह छ तर केहि घण्टामा गन्तब्यमा पुग्ने भनिएको जहाजले बाटो बिराउछ | जहाज विशाल समुद्रमा कयौं दिन हराउँछ, खानेकुरा सकिएर यात्रु हैरान छन् | यतिकैमा खाना नपाएर छटपटी भएर एकको मृत्यु हुन्छ | जहाजका अन्य यात्रुले लास गन्हाउँछ भनेर ति युवतीको शव समुद्रमै फाली दिन्छन |

अगाडी समाचार छ – यो कुनै अंग्रेजी चलचित्रको कारुणिक दृश्य होइन, यो तीन नेपालीले प्रत्यक्ष भोगेको घटना हो | अब बाँचेका दुई युवतीले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछाप्न आग्रह गरेका छन् | केहि महिना अघि हैटीको राजधानी पोर्ट औं प्रिन्सबाट छुटेको पानीजहाज 'क्यारेबियाँ सी' मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुगेको थियो | उक्त जहाजभित्र पानी र खाना नपाएर  भक्तपुरकि सुमित्रा कुँवरको मृत्यु भएको थियो | उनीसंगै गएका दुई नेपाली युवती सकुशल फर्किएपछि समाचार बाहिर आएको हो | 

काठमाडौँबाट नयाँ दिल्ली हुँदै तीनजना युवती अमेरिकामा गएर कमाउने आशामा मस्को-बोगटा-डोमिनिका-हैटी हुँदै जाँदा सुमित्राको मृत्यु भयो र दुई नेपालीसहितको जहाज बहमास पुग्यो त्यसपछि अमेरिका जाने भनेका युवतीहरु क्युवा-पेरिस हुँदै आबुधावी हुँदै काठमाडौँ फर्किए तर जाँदा तीन जना गएपनि अमेरिका नपुगी नेपाल फर्कंदा दुई जना मात्र फर्किए | 

- यस बिषयमा बिस्तृत समाचार कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट