2026-09-21 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ बालबालिकाको डुबेर मृत्यु, सिङ्गो गाउँ शोकमग्न !

जेठ ८, काठमाडौँ | लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँको दिनचर्या सोमबार पनि अन्य दिनझै सामान्य थियो । 

लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पर्ने यस गाउँको मुस्लिम समुदाय रीतिरिवाजअनुसार मुस्लिम पर्व रमजान मनाईरहेको थियो । 

मध्यानतिर एकाएक गाउँको माहोल बदलियो । पुरै गाउँ शोकमा डुब्यो । 

साढे ११ बजे नजिकैको नौखनिया भनिने पोखरीमा नुहाउने क्रममा डुबेका चार बालिकाको मृत्यु भएको हो । 

उनीहरु चारै मुस्लिम समुदायका हुने भने दुई जना एकै परिवारका ।

मृत्यु हुनेमा स्थानीय सरोबेद्धिन मुसलमानकी छोरी १४ बर्षीया साहबिया खातुन, सौकत अली मुसलमानकी छोरी १० बर्षीया सहमा खातनु, मोहम्मद सरिफ गद्धीकी छोरी १० बर्षिया अविदा खातनु रकम हुसैन गद्धीकी छोरी ९ बर्षीया मुमिना खातुन छन् । आजको कान्तिपुरमा यो खबर छ । 

गर्मी छल्नका लागि नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । पोखरी गाउँदेखि टाढा भएका कारण डुबेका बालिकाहरूको उद्धार समयमै हुन नसकेको उनले बताए । ९ बजे पढाइ सकेर घर आउने, खाना खाइसकेपछि साथीहरूसँग निस्कने र दिउँसो घर फर्कने गरे पनि मोमिना नुहाउन पोखरीमा छिरेकी थिइन् । रमजान सुरु भएपछि उनले अध्ययन गर्ने मदरसा इस्लामियामा नरुलघोदा बिचहरापुरमा बिहान ७ बजेदेखि ९ बजेसम्म पढाइ हुन्थ्यो । 

उनी पोखरीमा डुबेको खबर सुनेपछि हस्याङ फस्याङ गर्दै मोमिनाका बाबु कमर हुसेन पोखरीमा पुगे पनि अन्य तीन बालिकासहित छोरी डुबिसकेको भेटेका थिए । उनीहरूको भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा  लगाइएको छ ।

तश्विर: राजधानीडेलीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल