जेठ १०, काठमाडौँ | जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ । उनि कर्तब्य ज्यान मुद्धामा अहिले जेलमै छन् ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

आजको नागरिकमा छापिएको समाचार अनुसार ढुंगेललाई सर्वोच्च अदालतको आदशेविपरीत कैद मिनाहाको सिफारिस गरिएको हो ।

यस अघि ढुंगेलको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीलगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाईएको थियो भने विभागले एकदुई दिनभित्रै मन्त्रालयमा सो सिफारिस पठाउने तयारी गरेको जनाएको थियो ।