Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ, के हो ब्रेनडेथ ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २०, काठमाडौं | ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

समाचार अनुसार २४ सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ । तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन् । महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको छ ।

के हो मानव अंग प्रत्यारोपण ?

मानव अंग प्रत्यारोपण भनेको जीवित व्यक्ति वा मस्तिष्क मृत्यु भएको निश्चित समयभित्र शरीरभित्र सक्रिय र स्वस्थ रहेको अंगहरू दान गरी अर्को रोगीको शरीरमा काम नलाग्ने अंगको सट्टामा विशेष प्रविधिमार्फत विशेषज्ञ चिकित्सकले प्रत्यारोपण गर्नु हो ।

मानव शरीरको अंगदान वा प्रत्यारोपणले हरेक वर्ष हजारौं मानिसलाई नयाँ जीवन दिइरहेको छ । एउटा स्वस्थ व्यक्तिले वा मस्तिष्क मृत्युपछि आफ्ना शरीरबाट खेर जाने अंगहरू दान गरेर अर्को रोगी व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग विभिन्न रोगबाट ग्रस्त बिरामीलाई प्रत्यारोपण गरी उनीहरूको ज्यान बचाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९५४ डिसेम्बर २३ का दिन अमेरिकाको बोस्टन सहरमा रहेको बहिगंम हस्पिटलका डा. जोसेफ मुर्रे र डेभिड ह्युमले पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण गरेपछि मानव अंग प्रत्यारोपणको इतिहास सुरु भएको थियो । त्यसपछि क्रमशः सन् १९६३ मा फोक्सो, १९६६ मा प्याङक्रियाज, १९६७ मा कलेजो मुटुलगायतका मानव अंग सफलतापूर्वक प्रत्यारोपण गर्न डक्टरहरू सफल भएका थिए ।