जेठ २६, काठमाडौं | अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरुरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् ।

रवीन्द्रका अनुसार उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ ।

'३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राय गरिएको थाहा पाएको छु', रवीन्द्रले भने ।

बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाइृ बुझाएका थिए । – आजको कान्तिपुर दैनिकको पृष्ठ २ मा समाचार छापिएको छ ।

June 9, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
अमेरिका पुग्ने सपनाः २३ नेपाली नाइजेरियामा बन्धक
By साझासवाल
2 मिनेट पढाइ