२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीले खाने यस्तो दुध ! ४२ ब्राण्डका दूध मध्ये ४० मा भेटियो सोडै सोडा !

२०७५, २९ जेष्ठ मंगलवार ०२:१४

जेठ २९, काठमाडौँ | अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् । 

कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्‍याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष पुगेपछि सोमबार कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारे ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, फुड इन्स्पेक्टरसहित बालाजु औद्योगिक क्षेत्र पुगेका मन्त्री खनालले औद्योगिक क्षेत्रभित्र सञ्चालित आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामूहिक कृषक लिमिटेडको सुलभ दूध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा छापा मारेका थिए।

यी सबैमा सरसफाइको कमी देखिन्थ्यो । यीमध्ये दूध बनाउन प्रयोग गरिने धूलो दूधका बोरामा उत्पादन म्याद नखुलेको भेटिएपछि आधुनिक डेरीका ३ र पुष्प डेरीको एक गरी ४ वटा गोदाममा मन्त्री खनालले सिलबन्दी गराए । धूलो दूध बाक्लो दही बनाउन तथा दूधमा हुने ठोस पदार्थ (एसएनएफ) को मात्रा बढाउन प्रयोग गरिन्छ । त्यस्तै उद्योगीले किसानबाट दूधकम संकलन नहुने अवस्थामा धूलोबाटै प्रशोधित दूध बनाई चिल्लो पदार्थ (फ्याट) मिश्रण गरी बिक्री गर्छन्। 

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट