पढ्न करिब 1 मिनेट लाग्छ

असार ९, काठमाडौं | सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ ।

मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

'कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन' भनिएको छ ।

यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

यो समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापिएको छ ।

टार्गेटमा १९० डन

काठमाडौं | उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ

गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रहरीका अनुसार कपनका फुपू भनिने ३७ वर्षीय फुपुछिरिङ शेर्पा, सोल्टिमोडका ३७ वर्षीय वसन्तकुमार भुसाल, बालाजूका ३४ वर्षीय कान्छा भनिने दीपेन्द्र प्याकुरेल, काभ्रेका ३३ वर्षीय स्याल भनिने सञ्जीव लामा, रातोपुलका २४ वर्षीय आशिष राई, सोलुखुम्बूका २७ वर्षीय कृष्ण खड्का लगायत निगरानीमा छन् ।