पढ्न करिब 1 मिनेट लाग्छ

असार १८, रामेछाप | मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ।

३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन तीन जना नै छन्।

‘पढाउँदा रमाइलो हुन्छ’, प्रधानाध्यापक सुन्दर बस्नेतले भने,‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन्।

कहिलेकाँही त एकै ठाउँमा राखे पढाउछौँ।' विद्यार्थी धेरै हुँदा ३४ ३५ जनासम्म पुगेको तथ्यांक छ।

यसरी विद्यार्थी घटेको यो पहिलोपटक हो। नबुघाटमा माझी समुदायको बसोबास छ यहाँ २८ घरपरिवार माझी बस्दै आएका छन्।

शिक्षिका सुधा माझीले भनिन्, ‘पोहोर सात जना थिए अहिले घटेर तीन जना भए। अर्को साल त घटेर एकजना पनि भर्ना हुने अवस्था छैन। गाउँमा विद्यालय आउने उमेरका बच्चा नै छैनन्।’

- आजको कान्तिपुरदैनिकमा यो खबर छ ।