Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्वीट्जरल्याण्डको बैंकमा नेपालीको ३३ करोड

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १९, काठमाडौँ | पछिल्लो वर्ष स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका निक्षेप बढेको छ। स्वीस नेसनल बैंक एसएनबीले हालै सार्वजनिक गरेको २०१७ को वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

सन् २००८ मा स्वीट्जरल्याण्डका बैंकमा कुल आठ करोड ६२ लाख २१ हजार स्वीस फ्य्राङ्क बराबरको नेपाली रुपैयाँ रहेकोमा गत वर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ। सो रकम नेपाली व्यक्ति र संस्थाको भएको छ ।

सन् १०१७ मा स्वीस बैंकहरुमा नेपाली बैंकहरुको ३० करोड ७२ लाख ७१ हजार स्वीस फ्य्राङ्क रहेको देखिन्छ। त्यस्तै, एक करोड ४७ लाख ८५ हजार स्वीस फ्य्राङ्क अन्य ग्राहकको भएको एसएनबी जनाएको छ ।

आठ लाख २९ हजार स्वीस फ्य्राङ्क जम्माकर्ताको भने परिचय खुलाएको छैन। यसमा भने कतिपय गैरकानुनी आर्जनको रकमसमेत हुनसक्ने जानकारहरु बताउँछन्।, आजको आर्थिक अभियान दैनिकमा यो खबर छ ।