Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेयमारको पुन: चर्चा आफु केन्द्रित: ब्राजिलको यात्रा निरन्तर

By साझासवाल 3 मिनेट पढाइ

असार १९, काठमाडौँ | नेयमारले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ । दक्षिण अमेरिकी राष्ट्र लगातार सातौं पटक विश्वकपको अन्तिम ८ मा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको अवस्थामा दोस्रो हाफ लगत्तै टयाप गर्दै गोल गरेका पेरिस सेन्ट जेर्मेनका फरवार्ड नेयमारले दोस्रो हाफको अन्तमा रोबर्टो फिर्मिन्होलाई दोस्रो गोलका लागि सजिलो पास उपलब्ध गराईदिएका थिए । तर मेक्सिकोका मिगुइल लायुनले सामन्य छुँदा समेत नेयमरले ठुलो चोट लागेको झै अभिनय गरेकाले खेल ओझेलमा परेको थियो ।

त्यसले उनले देखाएको सकारात्मक प्रदर्शनलाई भने ओझेल बनाउन सकेन् । मेक्सिकोलाई पाँच पटकको च्याम्पियन ब्राजिल चट्टान जस्तै बन्यो ।

विश्व च्याम्पियन जर्मनीमाथी १–० को विजय हात पारी विश्वकपमा सानदार सुरुआत गरको मेक्सिको अन्त्य परमपरागत रुपमा नै रहयो । १९९४ को विश्वकप देखि मेक्सिको नकआउट चरणको सुरुआतमै पराजय हुदैं आएको छ । १९८६ यता मेक्सिको क्वार्टरफाइनल पुग्न सकेको छैन ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ ।