पढ्न करिब 1 मिनेट लाग्छ

असार २२, काठमाडौं | मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।

स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ ।

यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ ।

- आजको कारोबारमा खबर छ ।