पढ्न करिब 1 मिनेट लाग्छ
<p>असार २५, काठमाडौँ | मलेसियास्थित नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।<br></p><p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/453d089cead18012175b0b07eb2b46881477474778.jpg" style="float: left;">आगामी शनिबार जोहोरबारुस्थित बागुस सिटी होटल र पेनाङस्थित देवान हल बीएममा शिविर चलाउन लागिएको हो। दूतावासले केही साताअघि पनि ती क्षेत्रमा यस्तै शिविर सञ्चालन गरेको छ । </p><p>मलेसिया सरकारले जारी राखेको धरपकडबाट प्रभावित अवैधानिक तरिकाले बसिरहेका कतिपय नेपाली कामदार दूतावाससम्म आउन नसकेकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गर्न लागिएको कार्यवाहक राजदूत कुमारराज खरेलको भनाई छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । </p>

