2026-09-21 11:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस छोड्ने गच्छदारको धम्की, यस्तो छ कारण

असार २६, काठमाडौँ |सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ ।

सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ ।

जनहितको विपक्षमा भएको निर्णय भन्दै काँग्रेस संसदमा एकतावद्ध रुपले प्रस्तुत भएपनि सडक आन्लोदन भने प्रभावकारी हुन सकेको छैन । काँग्रेसले सरकारका गलत क्रियाकलापका विरुद्ध संसद र सडक दुवै ठाउमा कडा रुपमा प्रस्तुत हुने घोषणा गरेको थियो ।

प्रतिपक्षको भुमिका कमजोर भएको गुनासो आइरहेको बेला काँग्रेसको शीर्ष नेताहरु बैठक बसी सत्तापक्ष विरुद्ध आन्तरिक रुपमा एकढिक्का हुनुपर्ने निष्कर्ष निकालेका थिए । तर, आन्तरिक रुपमा छिन्नभिन्न भएको नेपाली काँग्रेस एकढिक्का हुन सकेको छैन । गुट उपगुटमा विभाजित काँग्रेसमा नेताहरु एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन ।

आन्तरीक रुपमा महासमिति बैठक र विधान संशोधन समिति गठनको गृहकार्यमा रहेको काँग्रेस भित्रका नेताहरुको भागवण्डा नमिलेपछि काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले एकता भंग गर्ने धम्की दिनुभएको छ ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को नेतृत्व गर्नु भएका गच्छदारले चुनाव अघि आफ्नो पार्टी काँग्रेसमा समाहित गर्नुभएको थियो । उहाले सभापति शेरवहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाइरहनु भएको छ ।

– यो खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो