पढ्न करिब 1 मिनेट लाग्छ

असार २७, काठमाडौँ | यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ ।

ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो ।

कार्यालयले असार १९ मा बायोमेट्रिक लाईसेन्स जारी गर्दा फोटो धमिलो आउने भएकाले पुनः फोटो खिच्न आउनु भन्दै सुचना जारी गरेको छ ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ ।