Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डा. केसीको अनसन १६ औं दिनमा, स्वास्थ्य अवस्था गम्भीर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३२, काठमाडौँ | सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।

डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

‘उहाँ (डा. केसी) लाई विभिन्न समस्याले अट्याक गरिरहेको छ,’ उपचारमा संलग्न डा. पूजन रोकायाले भन, ‘उहाँलाई कुनै बेला पनि गाह्रो हुने देखिएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।’ डा. रोकायाका अनुसार केसीको घाँटीमा संक्रमणको खतरा बढेर गएको छ।

केसीलाई घाँटीमा निकै पीडा भइरहेको छ। ‘घाँटीमा दुखाइ निकै बढेको छ,’ डा. रोकायाले भने, ‘घाँटीमा संक्रमण भएको हुन सक्छ।

- यो खबर आजको नागरिक दैनिकमा छ ।