Skip to content
Friday, July 17, 2026 Nepali Online Media

क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १, काठमाडौँ | विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो ।

निर्धारित समय सकिएलगत्तै जब रेफ्रीले सिठ्ठी फुके, मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम सदस्य मैदानमा छिरेर जितको रमाइलो गर्न लागे । सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी भने, कोही रुन थाले, कोही निरास भएर मैदानमै लडिरहेका थिए । फ्रान्सको सर्मथनमा रहेका दर्शकमा जति खुसीयाली थियो, क्रोएसियाको समर्थन गरिरहेका दर्शक त्यति नै निराश ।

पुरस्कार वितरण समारोह सुरु हुनेबित्तिकै पानी पर्न थालेको थियो ।

जति पुरस्कार वितरणको रौनकताले विश्वभरका दर्शकलाई तानिरहेको थियो, त्यत्ति नै, क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनाइरहेको थियो ।,यो खबर आजको नागरिकदैनिकको पहिलो पृष्ठमा छ ।