Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बेरोजगारलाई चार महिना रोजगारी, नसके भत्ता दिईने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ८, काठमाडौं | सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ ।

वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट जानकारी दिए ।

सरकारले आगामी पाँच वर्षमा बाध्यताले कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ प्रधानमन्त्री रोजार कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

मुलुकका ७५३ वटै स्थानीय तहमा एक साथ सञ्चालन गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रतिपरिवार एक सदस्यलाई सरकारले रोजगारको ग्यारेन्टी गर्ने बताइएको छ ।

रोजगार दिन नसकेमा ६० दिनको निर्वाह भत्ता उपलब्ध गराइने बताइएको छ ।

- आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।